एसडीएफ पार्टीको विराट छाता र्याली आयोजित

Font Size
31 Total Views

नाम्ची, 7 अप्रेल।
नाम्चीमा आज एसडीएफ पार्टीको विराठ छाता र्याली आयोजित भयो। यो र्यालीको अगुवाई एसडीएफ पार्टीको साङ्गाठानिक उपाध्यक्ष एवं नाम्ची-सिङ्गीथाङका चुनाउ प्रचार अभियानका प्रभारी गगन राईले गरेका थिए।
उक्त र्याली नाम्चीको लोवर घुर्पिसेस्थित एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङको निवास स्थान परिसरबाट आरम्भ भएर सेन्टर पार्क हुँदै सिङ्गीथाङ मैदानसम्म पुग्यो। सो मैदानमा एसडीएफ पार्टीका नाम्ची-सिङ्गीथाङ समष्टिको समष्टिस्तरीय समितिले एउटा कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा प्रभारी विनोद राईले भने, ‘नाम्ची-सिङ्गीथाङमा एसडीएफ पार्टीले अस्सी प्रतिशत भन्दा धेरै मतले विजयी गर्ने कुरा यस र्यालीले बताउँछ। एसडीएफ पार्टीले गरिरहेका विभिन्न कुराहरूलाई नै मुद्दा बनाएर एसकेएम पार्टीले नाम्ची-सिङ्गीथाङका जनतालाई दिग्भ्रमित बनाउने कोशिष गर्दैछ। तर एसकेएमको प्रयास यहाँ सफल हुने छैन। एसडीएफ पार्टीको विजय निश्‍चित भइसकेको छ। हामीलाई पार्टीको विजयी दिवस फेरि पनि पालन गर्न हत्तार लागिरहेको छ।’ यसरी नै नाम्ची-सिङ्गीथाङको एसडीएफ पार्टीका चुनाउ प्रचार अभियानका प्रभारी गगन राईले र्यालीलाई सफल बनाउन उपस्थित भएका एसडीएफ पार्टी समर्थकहरूलाई धन्यवाद दिँदै आगामी 9 अप्रेलमा जोरथाङमा पार्टी अध्यक्षको सम्बोधनलाई पनि अनुशासनपूर्वक श्रवण गरिदिने अनुरोध गरे।
यस्तै प्रकारले सिङ्गीथाङ खेल मैदानमा भएको यस छोटो कार्यक्रमपछि र्याली सेन्टर पार्क हुँदै नाम्ची-गान्तोक बाजरको माथिल्लो परिसरमा पुगेर समाप्त भयो। यस र्यालीलाई सफल बनाउनको लागि नाम्ची नगर परिषदका अध्यक्ष उदयचन्द्र राई, उपाध्यक्ष डीकिलमू भोटिया, पार्षदगण, विभिन्न जीपीयूका पञ्चायतगण, विभिन्नस्तरका पार्टी कार्यकर्तागण, पार्टी समर्थकगण आदिको उपस्थिति रहेको थियो।

Related posts

Leave a Comment