एसडीएफः चुनाउ प्रचारमा जीएम गुरुङ पुगे आरीटार र थाङ्सीङ

Font Size
101 Total Views

नन्दु दूतराज
सिङ्ताम, 30 मार्च।
खाम्दोङ सिङ्ताम क्षेत्रका एसडीएफ पार्टी उम्मेद्वार जी.एम. गुरुङलाई आज क्षेत्रको सिमिक लिङ्जे जीपीयूअन्तर्गत आरीटार वार्ड र खाम्दोङ जीपीयूअन्तर्गत थाङ्सीङ वार्डका ग्रामीण जनताले आफ्नो वार्डमा भव्य स्वागत जनाए। जी.एम. गुरुङ आज आफ्नो चुनावी प्रचार अभियानमा आरीटार अनि थाङ्सीङ वार्ड पुगेका थिए। उनीसित प्रचार समितिका उपाध्यक्ष बसन्त लामिछाने, जिल्ला पञ्चायत उपाध्यक्षा सुश्री शर्मिला छेत्री, जिल्ला पञ्चायत सदस्य, पञ्चायतगण, समाजसेवी, वरिष्ठ नागरिक, पार्टीका सक्रीय युवाहरू तथा पार्टी कार्यकर्ताहरूको विशेष सहभागिता रहेको थियो। आरीटार वार्डको जनसम्पर्क अभियानको एक सभामा स्थानीय एसकेएम पार्टीका सक्रीय सदस्य प्रेम प्रसाद अधिकारीले एसकेएम पार्टी त्यागेर एसडीएफ पार्टीमा सामेल भएका छन्।
जी.एम. गुरुङले उनलाई स्वागत जनाउँदै गरीबको हितमा सबै एकजुट भएर काम गर्नुपर्छ भनी बताए। यसरी नै थाङ्सीङ वार्डमा जिल्ला पञ्चायत उपाध्यक्ष शर्मिला छेत्रीले जनसमुदायलाई सम्बोधन गर्दै एसडीएफ सरकारले क्षेत्रमा गरेको विकास कार्यहरूको अवगत गराए। सबैले यस चुनाउमा एसडीएफको छाताको चिन्हमा भोट हालेर विजयी गराउने उनले अपील गरिन्। यसै क्रममा वार्डका एक सामाजिक कार्यकर्ता देवी प्रसाद तिमसिनाले क्षेत्रको गरेको विकासको निम्ति एसडीएफ सरकार एंव मुख्यमन्त्री पवन चामलिङप्रति वार्डको तर्फबाट आभार व्यक्त गर्दै केही आवश्यक मागहरू पनि आफ्ना उम्मेद्वार जी.एम. गुरुङसमक्ष राखे। गुरुङले ती मागहरूलाई सरकार गठन हुनसाथ पूरा गर्ने दिशातर्फ पहल गरिने वचन दिएका छन्। क्षेत्र र क्षेत्रवासीको उन्नति र उज्ज्वल भविष्यको निम्ति अझ धेरै काम गरेर देखाउने वचन दिए। उनले भाषणमा मात्रै नभएर आफू सरकारमा आउनेसाथ जनताको विकासमा र क्षेत्रमा गरिनु पर्ने कामहरू एकएक गर्दै पूरा गरेर लाने उनले दावी गरेका छन्।

Related posts

Leave a Comment