एसकेएम कार्यकर्ताहरूले सरकारी कर्मचारी र एसडीएफ कार्यकर्तालाई कुटपीट गरेको आरोप

Font Size
51 Total Views

जोरथाङ थानामा प्राथमिकी दर्ता

जोरथाङ, 27 जून।
दक्षिण सिक्किमको सालघारी भीएलडब्लु सेन्टरमा कार्यरत कर्मचारी प्रदीप विश्‍वकर्मालाई एसकेएम पार्टीका समर्थकहरूले कुटपीट गरेको घटना प्रकाशमा आएको छ। सालघारी भीएलडब्लु सेन्टरमा कार्यरत रामबहादुर कामीका छोरो प्रदीप कामीले यस विषय जोरथाङ थानामा आज प्राथमिकी दर्ता गरेका छन्। प्राथमिकीमा भनिएको छ, सालघारी सेन्टरमा ड्युटी गर्दै गर्दा एसकेएम समर्थक अप्पर दोरोप वार्ड निवासी किशोर सुब्बा, कुशल तामाङ तथा उनका साथीहरू एसके 01 पी-बी 7031 नम्बरको वाहनमा आएर एसडीएफको चम्चा गर्दैछस् होइन भन्दै उनलाई कुटपीट गर्नथाले। यद्यपि, उनले भागेर आफ्नो ज्यान जोगाउन सफल भए। प्राथमिकीमा उल्लेख गरिएका एसकेएम समर्थकहरूले एक महिना अघिदेखि गाउँ घरमा अशान्ति गरेको, घर फुटाएको र गाडी फुटाएको पनि आरोप लगाइएको छ। प्रदीप कामीले छानबीन गरेर दोषीमाथि कार्वाही गर्ने माग गरेका छन् भने जोरथाङ थानामा किशोर सुब्बा, कुशल तामाङ र अन्यविरूद्ध भारतीय दण्ड संहिताको धारा 341/323/334 अन्तर्गत मामिला दर्ता भएको छ। यसरी नै पोकलोक कामराङअन्तर्गत सालघारी जीपीयूको लोअर दोरप वार्ड निवासी पूर्ण विश्‍वकर्माले पनि एसकेएम पार्टी समर्थक नगेन्द्र तामाङ, अर्पण राई, किशोर सुब्बा, प्रेम कुमार दियाली र कुशल तामाङ र अन्य विरूद्ध जोरथाङ थानामा प्राथमिकी दर्ता गरेका छन्। पूर्ण विश्‍वकर्माले जोरथाङ थानाबाट प्रदिप विश्‍वकर्मामाथि भएको कुटपीटबारे प्राथमिकी दर्ता गरेर घर फर्कने क्रममा आफूसितै आफ्नो परिवारको सदस्यसहित गाउँलेे गरी पाँचजनामाथि तीन माइल गोलाइमा प्राणघातक आक्रमण गरेको बताएका छन्। आक्रमणकारीहरूले आफ्नो निजी वाहनलाई पूर्णरूपले क्षति गरेको तथा आफूहरूमाथि फलामको पाइप, रड र ढुङ्गा प्रहार गरेको प्राथमिकीमा उल्लेख गरेका छन्। यस घटनाविरूद्ध जोरथाङ थानामा भारतीय दण्ड संहिताको धारा 341/ 440/ 383/ 147 / 148/ 149 र 427 अन्तर्गत मामिला दर्ता भएको छ।

Related posts

Leave a Comment