एलटी आसन दस दिनमा दिन्छु भन्ने एसकेएमले पहिलो विधानसभामा प्रस्ताव ल्याउनुपर्छ

Font Size
84 Total Views

बहुसंख्यकलाई अन्याय भए 1973 जस्तो आन्दोलन हुनसक्नेछः एसआरपी

गान्तोक, 26 मई।
सत्ता हासिल गरेको जश्‍न नसकिँदै राज्यको विपक्षी पार्टी सिक्किम गणतान्त्रिक पार्टी (एसआरपी)-ले एसकेएम पार्टीको चुनावी मुद्दावादालाई समयमा पूरा गर्नुपर्छ भन्ने माग आजैबाट उठाउन शुरु गरेको छ। सिक्किमे बहुसंख्यकको हितमा आफ्नो मुद्दालाई अघि बढाउने एसआरपीले चुनाउअघि एसकेएम पार्टीबाट सिक्किमे लिम्बू तामाङलाई सरकार बनाएको 10 दिनभित्रमा विधानसभामा आसन दिलउँछौं भन्ने वचन पूरा गर्न पहिलो विधानसभा सत्रमै प्रस्ताव ल्याउनुपर्छ भनेको छ। त्यान्द्रो बहुमतमा विधानसभा छिरेको एसकेएम पार्टीले एसआरपीको बहुसंख्यक हितको मुद्दा र एसडीएफ पार्टीको शक्तिशाली विपक्षीको सामना गर्न हम्मे पर्ने देखिन्छ। आज प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा पत्रकारहरूलाई सम्बोधन गर्दै सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईले सिक्किममा प्रत्येक जनताको समान राजनैतिक अनि प्रजातान्त्रिक हक अधिकार संविधानसङ्गत जनसंख्याको आधारमा हुनुपर्छ भनेका छन्। यो मुद्दा लिएर विपक्षी दलमा रहेका सिक्किम रिपब्लिकन पार्टी (एसआरपी)-ले पूर्व घोषणाअनुसार एसकेएम सरकारले दस दिनभित्र लिम्बू तामाङको विधानसभामा आसन आरक्षणको प्रक्रिया थाल्नुपर्ने सुझाउ राखेको छ। एसआरपीका अध्यक्ष केबी राईले आज आइतबार पत्रकार सम्मेलन आयोजन गरेर दस दिनभित्र एलटी आसनको प्रक्रिया थाल्ने जुन घोषणा गरेका थिए त्यसलाई दसै दिनमा पूरा गर्नुपर्छ भन्ने होइन तर पहिलो मन्त्री परिषदको बैठकमा प्रस्ताव आउनुपर्छ अनि पहिलो विधानसभा सत्रमा लिम्बू तामाङको आसन आरक्षणबारे स्पष्ट समाधान आएको हुनुपर्छ भन्ने माग राखेका छन्। जनता परिवर्तनको पक्षमा रहेको अनि परिवर्तन पनि गरेर एसकेएमलाई सत्ता सुम्पिएको हुनाले अब सरकारले आफूले गरेका घोषणाहरूलाई व्यवहारमा उतार्नुपर्ने अनि लम्बित मुद्दा समाधान गर्नुपर्ने बताए। लिम्बू तामाङको आसन आरक्षणकै कारण एसडीएफ सरकार सत्ताच्यूत हुनपुगेको कुरालाई एसकेएमले भूल्न नहुने र यो मुद्दा समाधानमा बहुसंख्यक नेपालीभाषी जनतालाई अन्याय गर्न नहुने माग पनि अध्यक्ष राईले राखेका छन्।
एसकेएम पार्टीलाई सत्ता परिवर्तन गर्न सफल भएकोमा बधाई दिँदै सिक्किममा सही प्रजातन्त्र र गणतन्त्रको शासन व्यवस्था ल्याउनुपर्ने सुझाउ दिएको छ। यसमा लिम्बू तामाङको आसन आरक्षणमा बहुसंख्यकलाई एसकेएमले पनि अन्याय गर्न खोजेको खण्डमा 1973 सालको जन आन्दोलन फेरी सिक्किममा फर्किआउने चेतावनी पनि एसआरपी अध्यक्ष राईले दिएका छन्। उनले जनताले परिवर्तनको पक्षमा एसकेएमलाई समर्थन जनाएको भएपनि एसआरपीले लिएर आएको मुद्दा जनपक्षीय मुद्दा रहेको हुनाले एसकेएम पार्टीले आफ्नो सरकारमा समानुपातिक जनसंख्याको आधारमा आसन आरक्षण प्रक्रियालाई पूरा गरेको खण्डमा एसआरपी पार्टी दलबलसहित एसकेएम पार्टीमा विलय हुन तयार रहेको घोषणा पनि गरे।

Related posts

Leave a Comment