एफपीओ सहकारी समितिद्वारा कृषि प्रशिक्षण कार्यक्रम

Font Size
8 Total Views

जङ्गु, 12 जून।
उत्तर सिक्किमको जङ्गुअन्तर्गत पासिङदाङ, तिङभोङ, एफपीओ सहकारी समितिले कृषि कार्यमा प्रयोग गरिने विभिन्न सहयोगी सामाग्री प्रयोग विषय प्रशिक्षण एवं प्रदर्शनी कार्यक्रम आयोजना गर्यो। मिशन अर्गानिक भेल्यु चेन डेभलोपमेन्ट (एमओभीसीडी) पूर्वोत्तर क्षेत्र चरण 1 अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको थियो।
पासिङदाङ बीएसीमा आयोजित यो कार्यक्रममा कृषि विभागका उपनिर्देशक कुङ्गा एस भोटिया, स्रोत वक्ता सीपी थापा, मिशन अधिकारी खुर्सोङमित लेप्चा, पञ्चायत सभापति लिङथेम-लिङदेम जीपीयू, ग्याछो लेप्चा एफपीओ सभापति, लोब्जाङ लेप्चा एफओ अर्गानिक सिक्किम तथा लेडा दोजी लेप्चा उपस्थित रहेका थिए। विशेष गरी कार्यक्रममा विभागद्वारा वितरण गरिने जैविक मलको प्रयोग विषयमा ज्ञान प्रदान गरियो। यसरी नै कृषि उत्पादक सङ्गठनको उद्देश्य र महत्वबारे प्रकाश पार्दै कृषकहरूलाई न्यूनतम् मूल्य समर्थन गर्न सङ्गठनले कसरी बजारको भन्दा अधिक मूल्य उपलब्ध गराउँछ भन्ने विषयसितै मूल्य सम्बर्द्धनका विषयमा पनि अवगत गराइएको थियो।

Related posts

Leave a Comment