एनडीआरएफले सराहनीय कार्य गरिरहेको छः अमित शाह

Font Size
18 Total Views

नयाँ दिल्ली, 29 जून।
केन्द्रिय गृहमन्त्री अमित शाहले राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ)-ले देश-विदेशमा आपदा संकटको समय मानिसहरूलाई सहयोग गरिरहेको बताएका छन्। उनले एनडीआरएफसित जुडेका मानिसहरूलाई बधाई दिँदै आपदाहरूको समय जुन प्रकारले एनडीआरएफले काम गरेको छ त्यो सराहनीय रहेको बताएका छन्। शाहले एनडीआरएफद्वारा आज विज्ञान भवनमा आयोजित राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ) -को क्षमता निर्माणमाथि दुई दिवसीय वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘देशका 24 राज्यहरूमा एसडीआरएफको गठन भइसकेको छ। अब नागपुरमा एउटा ठूलो सेन्टर पनि बनाइनेछ। एनडीआरएफलाई अझ अधिक बलियो बनाउनको निम्ति विभागलाई हरसम्भव सहयोग प्रदान गरिनेछ। आपदा प्रबन्धन क्षेत्रका चुनौतीहरूलाई तबमात्र समाधान गर्न सकिन्छ जब सबै टीमहरूसित यससित लड्ने पर्याप्त संसाधन उपलब्ध हुन्छ। यदि यी संसाधन आफ्नो देशमा बनाइए अझ राम्रो हुनेछ। यसको निम्ति एनडीआरएफका अधिकारीहरूले रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ)-सित वार्ता गरेर देशमा जरूरी उपकरणहरूको निर्माण गरून्।’-हिस/भवानी

Related posts

Leave a Comment