उत्तरमा प्रत्येक शुक्रबार फिल्डमा कार्यक्रम शुरू

Font Size
73 Total Views

मगन, 30 मई।
उत्तर जिल्लाका जिल्लापालले आजदेखि प्रत्येक शुक्रबार फिल्डमा कार्यक्रम शुरू गरेका छन्। उनले अप्पर जङ्गुको विभिन्न क्षेत्रमा सम्बन्धित विभागका अधिकारीहरूसित भ्रमण गरेका छन्। यस भ्रमणको अवसरमा संकालाङ पुलदेखि सीडब्लुसीसम्मको सडक अतिनै दयनीय स्थितिमा भएको पाएपछि ग्रेफसित सभा गरेर भोलिदेखि नै सडक मरम्मति कार्य शुरू गर्ने निर्णय गरिएको छ।
यसरी नै सभामा रिङ खोला पुलको पनि चर्चा गरिएको छ। जिल्लापालको टोलीले पासिङ्दाङको बीएसी र महकुमा कार्यालयको पनि भ्रमण गरेको छ। यसरी नै जिल्लापालको टोलीले पासिङदाङ पीएचसीको भ्रमणका अवसरमा पैह्रोको कारण क्षति भएको पीएचसीमा सुरक्षा पर्खाल लगाउने कार्य अनुमोदन गरेको छ। यस अतिरिक्त पासिङदाङको अन्य विभिन्न स्थलहरूको पनि निरीक्षण भएको छ।
यसरी नै जिल्लापालको टोलीले मानताम क्षेत्रको पनि भ्रमण गरेको छ। स्मरण गराइन्छ, तिङभोङ जीपीयू अहिले सडक सम्पर्कविहीन भएको छ।
भ्रमणको अवसरमा तिङभोङ जीपीयूलाई सडक तथा पुलमार्फत वैकल्पिक मार्ग प्रदान गर्ने उद्देश्यमा सम्भावित स्थलको पनि निरीक्षण गरिएको छ। निरीक्षणको समयमा वैकल्पिक सडक मार्ग बनाउन सक्ने मार्ग पहिचान गरिएपछि सम्बन्धित विभागले एक हप्ताभित्रमा अनुमानित लागत तयार गर्नुपर्ने निर्देश भएको छ।

Related posts

Leave a Comment