आर्सिस टेबल टेनिस प्रतियोगितामा एनपीएस-को टीम बन्यो च्याम्पियन

Font Size
106 Total Views

नाम्ची, 29 जून।
नाम्ची पब्लिक स्कूल (एनपीएस) को पुरुष तथा महिला दुवै वर्गको टीम यस वर्षको आर्सिस टेबल टेनिस प्रतियोगिताको च्याम्पियन बनेको छ। यो प्रतियोगिता एनपीएसले स्कूलको स्टेट अव् दि आर्ट मल्टिपर्पोस् अडिटोरियममा आयोजना गरेको थियो। प्रतियोगिताअन्तर्गत एनपीएसका एरोन पोर्तेल विश्‍वकर्मा र डन बस्को स्कूलकी कूनाम हाङ्मा लिम्बू क्रमश पुरुष तथा महिला वर्गबाट उदीयमान खेलाडी घोषित भए। प्रतियोगितामा डन बस्को स्कूल मालबाँसे पहिलो उपविजेता बन्यो भने सन्त फ्रान्सिस स्कूल, जोरथाङ दोस्रो उपविजेता बन्यो। यो प्रतियोगितामा सन्त जेभियर स्कूल पाकिमले पनि सहभागिता जनाएको थियो। प्रतियोगिताका विजेता तथा उविजेता टीमलाई एनपीएस स्कूलका निर्देशक रेभ, फादार जर्स ए डिसूजाले पुरस्कार प्रदान गरेका थिए।

Related posts

Leave a Comment