आर्थिक विकास र गरीबी निवारणको आधार बन्नसक्छ पर्यटन

Font Size
9 Total Views

विश्‍वका प्रायः सबैजसो अर्थव्यवस्थामा आर्थिक विकासका लागि एक सशक्त तथा क्रियाशील आर्थिक इन्जिनका रूपमा विकसित हुँदै गइरहेको छ। पर्यटनको विकास तथा विस्तार गरी यसैमा आधारित उद्योगहरूको योगदानलाई अर्थव्यवस्थामा यथेष्ठ वृद्धि गर्न सफल देशहरूले केवल वैदेशिक मुद्रा आर्जन तथा यसको सञ्चितिमामात्र वृद्धि गरेका मात्र नभई यसमा आधारित रोजगारीहरू यथेष्ठ मात्रामा एकातर्फ सिर्जनासमेत गर्न सफल रहेको हिजोआज देख्न पाइन्छ। अर्कातर्फ, पर्यटककेन्द्रित वस्तु तथा सेवाहरूको उत्पादन तथा निर्यातमा समेत उल्लेख्य वृद्धि हासिल गर्न सफल रहेका छन्।
विगत केही दशकयता विश्‍व अर्थव्यवस्थामा देखिएको तीव्रतर गतिको आर्थिक गतिशीलता, जीवनस्तरमा देखिएको सुधार, आयस्तरमा हुँदै गएको वृद्धिजस्ता तत्वहरूका कारण उच्चतम आर्थिक वृद्धि हासिल गरेका तथा आर्थिक विकासको गतिमा पछि नै परेका देश भएपनि पर्यटनसँग सम्बन्धित गतिविधिमा वृद्धि हुँदै गइरहेको छ। यसबाहेक वर्तमान विश्‍वमा बढ्दै गइरहेको अनुसन्धानात्मक तथा अन्वेषणात्मक प्रवृत्ति तथा कूटनीतिक रूपमा नै मौलाउँदै गएको गुप्तचरी प्रवृत्तिका कारण पनि पर्यटनका गतिविधिहरूमा अझ तीव्रता थपिँदै गएको देखिन्छ। केही वर्षयता विश्‍वव्यापी रूपमा नै अन्तर्राष्ट्रिय पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि हुँदै गइरहेको पाइन्छ। संयुक्त राष्ट्रसंघ विश्‍व पर्यटन प्रतिवेदन 2010-ले सन् 1990-को दशकमा अन्तर्राष्ट्रिय पर्यटकहरूको कूल संख्या 435 करोड रहेकोमा सन् 2000 सम्म यो संख्या वृद्धि भई 675 करोड पुगेको र उक्त संख्या सन् 2010 सम्म आइपुग्दा बढेर 940 करोड हुन पुगेको कुरा उल्लेख गरेको छ।
विश्‍वका धेरै देशमा पर्यटन एक प्रमुख उद्योगका रूपमा स्थापित भइसकेको छ। संयुक्त राष्ट्रसंघ विश्‍व पर्यटन संस्था (यूएनडब्लूटीओ) को प्रतिवेदन 2012 का अनुसार विगत 6 दशकदेखि विश्‍व अर्थव्यवस्थाले क्रमिक रूपमा पर्यटन उद्योगको विविधीकरणसहितको वृद्धिलाई महशुष गर्दै आइरहेको छ, साथै पर्यटन विश्‍व अर्थव्यवस्थामा एक तीव्रतर गतिमा विकसित हुँदै गइरहेको आर्थिक क्षेत्रका रूपमा अगाडि आइरहेको देखिन्छ। विश्‍व पर्यटन काउन्सिलले आफ्नो प्रतिवेदन पर्यटन आर्थिक असर -मा विश्‍व अर्थव्यवस्थाका कूल गार्हस्थ्य उत्पादनमा पर्यटन र यससँग सम्बन्धित क्षेत्रको योगदान करिब-करिब 9.2 प्रतिशत रहेको कुरा उल्लेख गरेको छ। प्रतिवेदनले पछिल्ला दशकहरूमा उक्त क्षेत्रको वार्षिक वृद्धिदर करिब-करिब 4 प्रतिशत हुने र 10 वर्षपछि विश्व अर्थव्यवस्थाको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान करिब-करिब 9.4 प्रतिशत रहने कुरा प्रक्षेपण गरेको छ। साथै प्रतिवेदनले विश्‍व अर्थव्यवस्थाको कूल रोजगारीमध्ये पर्यटनसँग सम्बन्धित उद्योग व्यवसायले मात्र करिब 8.7 प्रतिशत रोजगारी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सिर्जना गरेको देखाएको छ भने सन् 2013 पछि प्रतिवर्ष थप 2.4 प्रतिशतले थप रोजगारी वृद्धि भई सन् 2023 सम्म पुग्दा उक्त क्षेत्रको योगदान कूल रोजगारीमा 9.9 प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। अतः पर्यटनसँग सम्बन्धित उद्योग-व्यवसाय र यसले पुर्याएको योगदान तथा उक्त क्षेत्रको विकास तथा विस्तारमा योगदान गर्न सके आउँदा दिनमा उक्त क्षेत्रले सिक्किमको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउन सक्ने देखिन्छ।
सिक्किममा विद्यमान रहेको प्रचुर तथा विविध प्राकृतिक सम्पदाको उपलब्धताका साथै सांस्कृतिक तथा धार्मिक सहिष्णुताले थप पुष्टि गर्छ। विगत 20 वर्ष अगाडिदेखिको सिक्किम पर्यटन व्यवस्थासँग सम्बन्धित तथ्याङ्कको विभिन्न वर्षका आर्थिक सर्वेक्षणहरूबाट अवलोकन गर्दा के देखिन्छ भने सिक्किममा विगत 2005 देखि भित्रिने पर्यटकहरूको संख्याको वार्षिक वृद्धिदर औसतमा लगभग 10 प्रतिशतभन्दा धेरै रहे तापनि कतिपय वर्षहरूको सन्दर्भमा त यो वृद्धिदर अझ धेरै रहेको छ। सिक्किममा वर्ष 2005-मा घरेलु पर्यटकहरू आगमन 347650 र अन्तर्राष्ट्रिय पर्यटकहरू आगमन संख्या 16,518 थियो भने 2010-मा यो संख्या लगभग दोब्बर भएको थियो। 2007-मा घरेलु पर्यटक 7,00011 र अन्तर्राष्ट्रिय पर्यटक 20,757 सिक्किम आएको तथ्याङ्कले सिक्किम पर्यटकहरूको एक आकर्षक गन्तव्य बनेको पुष्टि गर्दछ। यस वर्ष गएको मई महिनासम्ममा सिक्किम आउने घरेलु पर्यटकहरूको संख्या 310530 र अन्तर्राष्ट्रिय पर्यटकको संख्या 10,851 रहेको छ। यसैले 2019-मा पनि सिक्किम आउने पर्यटकको संख्याले 10 लाख पार गर्नसक्ने स्पष्ट संकेत दिएको छ। यी तथ्याङ्कहरूलाई रम्रोसँग विश्‍लेषण गर्ने हो भने पर्यटन व्यवसायको विस्तारका लागि सिक्किम एक उर्वर भूमि बनेको छ। सिक्किम सरकारले जुनप्रकारले पर्यटन विकासको रेखाचित्र तयार गरेको छ र त्यसै अनुरूप पर्यटकीय पूर्वाधारहरूको विकास हुँदैछन् त्यसले सिक्किमको आर्थिक विकास र गरीबी निवारणका लागि यथेष्ट योगदान पुर्याउनेछ भने अर्कातर्फ सामाजिक, वातावरणीय र सांस्कृतिक भलाई वृद्धिका लागि मार्गसमेत प्रशस्त गर्नेछ।

Related posts

Leave a Comment