आम चुनाउ 2019: तेस्रो चरणको मतदान आज

Font Size
104 Total Views

14 राज्य र दुईवटा केन्द्र शासित प्रदेशमा मतदान हुने

नयाँ दिल्ली, 22 अप्रेल।
आम चुनाउ 2019-को तेस्रो चरणमा भोलि 23 अप्रेलको दिन मतदान हुनेछ। तेस्रो चरणमा 14 राज्य र दुईवटा केन्द्र शासित प्रदेशमा 116 वटा लोकसभा निर्वाचन क्षेत्रका लागि मतदान हुनेछ। निर्वाचन आयोगअनुसार विभिन्न चरणमध्ये तेस्रो चरण सबैभन्दा ठूलो चरण हो अनि यसमा सर्वाधिक 116 वटा संसदीय निर्वाचन क्षेत्र सामेल छन्। 23 अप्रेलको दिन 18 करोड 85 लाख भन्दा अधिक मतदाताले 1640 उम्मेद्वारहरूको भाग्य इभीएम मशिनमा बन्द गर्नेछन्। सुचारू रूपमा मतदान सञ्चालन गराउनका लागि 2 लाख 10 हजारभन्दा अधिक मतदान केन्द्र बनाइएको छ। जम्मु कश्मिरमा आम चुनाउ 2019 अन्तर्गत अनन्त नाग संसदीय निर्वाचन क्षेत्रमा मतदान तेस्रो, चौथो र पाचौं चरणमा हुनेछ। देशको यो एउटा एकमात्र निर्वाचन क्षेत्र जहाँ तीनवटा चरणमा मतदान भइरहेको छ। अनन्त नागका चार जिल्लामा अनन्त नाग, कुलगाम, सोपिया र पुलवामा सामेल छन्।
माथि उल्लेख गरिएको आँकडा अनन्तनाग जिल्लासित पनि सम्बन्धित छ। जहाँ 23 अप्रेलको दिन मतदान हुनेछ। अनन्त नाग संसदीय निर्वाचन क्षेत्रमा चुनाउ आंशिक रूपले तेस्रो, चौथो र पाचौं चरणमा सम्पन्न हुनेछ। यसरी नै त्रिपुरा संसदीय निर्वाचन क्षेत्रमा दोस्रो चरणमा हुनेवाला चुनाउलाई स्थगित गरिएको छ। उल्लेख्य, 23 अप्रेलको दिन असमका चारवटा संसदीय निर्वाचन क्षेत्र, बिहारको पाँचवटा, छत्तीसगढ सातवटा, गोवा दुईवटा, गुजरात 26, जम्मु कश्मिर एक(आंशिक), कर्नाटक 14, केरल 20, महाराष्ट्र 14, उडिसा 6, त्रिपुरा एक, उत्तर प्रदेश 10, पश्‍चिम बङ्गाल पाँच, दादरा अनि नगर हवेली एक र दमन दिउ एक गरी कूल 116 वटा संसदीय निर्वाचन क्षेत्रमा तेस्रो चरणको मतदान सम्पन्न हुनेछ।

Related posts

Leave a Comment