आजदेखि विवो आइपीएल फेन प्रन्कस् शुरू हुने

Font Size
110 Total Views

1.27 करोड रुपियाँको लागतमा निर्माण हुने माइनिङ क्रिकेट स्टेडियम

गान्तोक, 3 मई।
सिक्किम राज्यका क्रिकेट खेलाडी अनि क्रिकेटप्रेमीको निम्ति खुशीको कुरा छ। धेरै वर्ष अघिदेखि विभिन्न कारणले थाँतीमा रहेको माइनिङ क्रिकेट खेल मैदानको निर्माण कार्य आरम्भ भइसकेको जानकारी सिक्किम क्रिकेट एसोसिएशनका महासचिव सोनम पाल्देनले दिएका छन्। सात पीच रहेन यो क्रिकेट स्टेडियम 1.27 करोड रुपियाँमा निर्माण हुनेछ भने यसको टेण्डर भइसकेको अनि यो क्रिकेट स्टेडियम बीसीसीआइ-को अधिनमा रहने छ। महासचिव सोनाम पाल्देनले यहाँ निर्माण गरिने पीचको माटो असमदेखि ल्याइने बताउँदै आगामी सात महिना भित्रमा पीच निर्माण कार्य पूरा हुने कुरामा आफू विश्‍वस्त रहेको पनि बताएका छन्। उनले माइनिङ् क्रिकेट स्टेडियम निर्माण भएपछि यहाँका खेलाडीहरूले क्रिकेटमा धेरै अवसर पाउने र आगामी दिनहरूमा सिक्किमले पनि क्रिकेटको क्षेत्रमा धेरै युवाहरूलाई अघि बढाउनसक्ने बताएका छन्। उनले एसोसिएसनले भारतमा भइरहने ठूला ठूला प्रतियोगिताहरूका केही म्याचहरू माइनिङमा पनि खेलाइने लक्ष्य राखेको र यो सम्भव पनि रहेको बताएका छन्।
यसरीनै पत्रकारहरूलाई सम्बोधन गर्दै उनले 4 अनि 5 मईको दिन सिक्किम क्रिकेट एसोसिएशनको पहलमा आयोजन हुने वीवो आइपीएल फेन प्रन्कस्बारे पनि बताएका छन्। उनले राजधानी गान्तोकस्थित गार्डस् ग्राउण्डमा उक्त कार्यक्रमको आयोजन गरिने पनि बताएका छन्। आइपीएलमा सहभागिता जनाइरहेका टीमका समर्थकहरूका निम्ति यस दुई दिने मनोरञ्जनात्मक कार्यक्रममा नयाँ अनि अलग कार्यक्रमहरू राखिनेछन्। विभिन्न लटरी तथा उपहारहरूद्वारा फेन्सहरूलाई आकर्षित गरिने अनि यस दुई दिनमा धेरै मनोरञ्जन बटुल्न सकिने सिक्किम क्रिकेट एसोसिएशनका महासचिव सोनम पाल्देनले बताएका छन्। आज राजधानी गान्तोकस्थित प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव सोनाम पाल्देनले यो नोरञ्जनात्मक कार्यक्रम देशका 21 वटा राज्यका 36-वटा शहरहरूमा गरिँदै आएको पनि जानकारी गराएका छऩ्। यस अवसरमा सिक्किम क्रिकेट एसोसिएशनका पीआरओ बाराप नाम्ग्याल भोटियाले यस कार्यक्रमको निम्ति कडा सुरक्षाको प्रावधान गरिएको अनि फेनस्हरूका निम्ति विभिन्न रोचक कार्यक्रमहरू राखिएको पनि बताए।

Related posts

Leave a Comment