असहाय पाकिस्तान

Font Size
38 Total Views

जम्मू कश्मीरमा धारा 370 लाई समाप्त गरेपछि भारत सरकारको निर्णयदेखि धताएको पाकिस्तान र उसको सहयोगी चीनलाई संयुक्त राष्ट्र सुरक्षा परिषदबाट नराम्रो प्रकारले हारको सामना गर्नु परेको छ। संयुक्त राष्ट्र सुरक्षा परिषदले चीन र पाकिस्तानलाई ठूलो झट्का दिएपछि अनुच्छेद 370 को मामिलामा भारतलाई संयुक्त राष्ट्र सुरक्षा परिषद जस्तो अन्तर्राष्ट्रिय मञ्चबाट पनि सहयोग प्राप्त भएको छ। कश्मीर मुद्दामा अनर्गल आलाप गरेर विश्‍वलाई आफ्नो पक्षमा गर्ने प्रयास र भारतका विरूद्ध अभियान शुरू गरेर केही पनि प्राप्त हुने वाला छैन भनेर पाकिस्तान र चीनले अब बुझ्नुपर्छ। अहिले कुनै पनि अवस्थामा कश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर सहानुभूति बटुल्ने पाकिस्तानको एक मात्र उद्देश्य रहेको छ। तर सुरक्षा परिषदको चार स्थायी (चीनलाई छोडेर) र दश अस्थायी सदस्य देशहरूले चीन र पाकिस्तानको कुरालाई बल प्राप्त हुने जस्ता केही पनि भनेका छैनन्। यसैकारण यी दुवै देशलाई 370को मुद्दामा कुटनीतिक हार प्राप्त भएको छ। पाकिस्तानका विदेश मन्त्रीले हालैमा कश्मीरको मुद्दालाई सुरक्षा परिषदमा र इस्लामिक देशहरूको समर्थन जुटाउन सहज छैन भनेर भनेका थिए। अहिलेसम्म न त इस्लामिक देशहरूको सङ्गठन(ओआइसी)ले खुलेर पाकिस्तानको पक्षमा बोलेको छ न त इन्डोनेशिया जस्तो मुस्लिमबाहुल्य देश नै बोल्यो।
यस्तो स्थितिमा अन्तर्राष्ट्रिय मञ्चले पनि कश्मीर मामिला भारत र पाकिस्तानबीचको द्वपक्षीय मुद्दा हो भनेर राम्रोसित बुझेको छ भन्ने स्पष्ट हुँदछ। जम्मू कश्मीरमा धारा 370 लाई निष्प्रभावी बनाएपछि नै पाकिस्तानले संयुक्त राष्ट्र सुरक्षा परिषदका अध्यक्षसित यस मामिलामा बैठक बोलाउने माग गरेका थिए। त्यस समय पनि पाकिस्तानको यो मागलाई खारेज गरिएको थियो। यसपछि चीनले आफ्नो पाइला उचालेर कश्मीर मुद्दामा बैठक बोलाउने माग गर्‍यो। वास्तावमा लद्दाखलाई पनि अब केन्द्रशासित प्रदेश बनाइएको छ र यो क्षेत्र सामरिक दृष्टिले अति नै संवेदनशील छ यसै कारण भारतको निर्णयबाट चीन पनि हतास बनेको छ। चीन यो क्षेत्रमा आफ्नो दबाव बनाई राख्न चाहन्छ तर अब उसका लागि पनि आफ्नो गतिविधि बढाउन यहाँ सहज छैन। जम्मू कश्मीरलाई लिएर भारतको वर्तमान पाइलामा जुन प्रकारले पाकिस्तानका लागि एउटा कडा सन्देश भएको छ, सोही प्रकारले चीनका लागि पनि कडा सन्देश बनेको छ। एक अनौपचारिक बैठक मात्र भएको कारण अनि यसमा कुनै निर्णय लिने अनि मतदान गर्न जस्ता कुरा नहुने भएको कारण संयुक्त राष्ट्र सुरक्षा परिषदको यो बैठकमा कुनै पनि परिणाम आउन सकेन।
यसरी नै यस प्रकारको बैठकमा भएको विवरण पनि दर्ता हुँदैन अनि बैठकपछि पनि अनौपचारिक बैठक भएको कारण यस सम्बन्धमा आधिकारिक बयान जारी हुँदैन। एक प्रकारले यो बैठक देखावटी मात्र हुने गर्छ। तर पनि पाकिस्तान चीनको सहयोगले यो मामिलालाई यहाँसम्म पुर्‍याउन सकियो। यद्यपि, सुरक्षा परिषदको बैठकपछि सुरक्षा परिषदका अध्यक्षले स्पष्ट रूपमा पाकिस्तानद्वारा कश्मीर मुद्दालाई संयुक्त राष्ट्रमा उठाउने कुनै आधार छैन भनेर भनेका छन्। यस कुरालाई पनि पाकिस्तानले बुझ्नु जरुरी छ। वास्तवमा धारा 370 माथि भएको फैसलापछि चीनले आफ्नो प्रतिक्रिया दिँदै यसलाई भारतको आन्तरिक मामिला भनेको थियो। चीनले यस मुद्दालाई लिएर सुरक्षा परिषदमा बैठक बोलाउनु लगाउने जस्तो सङ्केत पनि दिएको थिएन। तर पछि पाकिस्तानको दबावमा पनि चीनले आफ्नो दाउ खेलेको हुनसक्छ। वास्तवमा भारतले चीनसितको सम्बन्धमा सन्तुलन बनाइराख्न हरसम्भव प्रयास गरे तापनि अन्ततः चीनले पाकिस्तानलाई नै सहयोग दिने गर्दछ। तर यसपल्ट पनि दुवैको मित्रतालाई नराम्रो झट्का लागेको छ भने भारतका लागि यो ठूलो सफलता बनेका छ।

Related posts

Leave a Comment