अण्डर-15 अन्तर स्कूल च्याम्पियन बन्यो लिङ्दोक

Font Size
76 Total Views

गान्तोक, 7 जून।
पूर्व सिक्किमको पाङ्थाङमा आज अण्डर-15 बोइज अन्तरस्कूल फूटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भयो। लिङ्दोक उच्चतर माध्यमिक स्कूल र बोझोघारी उच्चतर माध्यमिक स्कूलमाझ भएको प्रतियोगिताको फाइनल खेलमा लिङ्दोक स्कूलले जीत हासिल गर्यो। निर्धारित समयको खेल बराबरीमा समाप्त भएपछि निर्णयका लागि राखिएको टाइब्रेकरमा लिङ्दोकले बोझोघारी स्कूललाई दुई गोलको विरुद्ध तीन गोलले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्यो। सिक्किम आर्म पुलिस पाङथाङले आयोजना गरेको यो प्रतियोगिता गत 13 मई देखि शुरू भएको थियो। यसमा कूल 12 वटा टीमहरूले सहभागिता जनाएका थिए।
प्रतियोगिताको विजेता टीमलाई 25 हजार नगद राशि अनि उपविजेता टीमलाई 20 हजार नगर राशि आकर्षक ट्रफीका साथ प्रदान गरियो। प्रतियोगिताको फाइनल खेलका अवसरमा बिजेता टीमका खेलाडी कर्मा वाङ्गेल लेप्चालाई म्यान अव् द म्याच प्रदान गरियो भने नामराङ निम्न माध्यमिक स्कूलका मनोज लुइँटेल प्रतियोगितामा सबैभन्दा अधिक गोल गर्ने खेलाडी घोषित भए। प्रतियोगिताको अवसरमा खाद्य सुरक्षा एवं कृषि विभाग, वागवाणी तथा नगदे बाली विकास विभागका मन्त्री लोकनाथ शर्मा अनि वन तथा पर्यावरण एवं वन्यजीव प्रबन्धनन विभागका मन्त्री कर्मा लोडे भोटियाको पनि विशेष उपस्थिति रहेको थियो।
यस अवसरमा महिला फूटबल प्रदर्शनी म्याचको पनि आयोजना गरिएको थियो। लिङ्गदोक उच्चतर माध्यमिक स्कूल र बोझोगारी उच्चतर माध्यमिक स्कूलका विद्यार्थीहरूमाझ भिडन्त भएको प्रदर्शनी फूटबल म्याचमा लिङ्गदोक नै 1-0 गोल अन्तरले विजय बन्न पुग्यो। यस अवसरमा सिक्किम आर्म पुलिस पाङथाङको तर्फबाट सबैले मन्त्रीद्वयलाई स्वागत जनाएका थिए। खेलकूद कार्यक्रमपश्‍चात वन, पर्यावरण तथा वन्यजीव प्रबन्धन मन्त्रीले पाङथाङ एसएपी परिसरमा गुराँसको विरुवा रोपन गरे।

Related posts

Leave a Comment